arrow

गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन : गच्छदार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
Bijay-Gachhadar-news-a.jpeg

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन् ।  विराटनगर पुगेका उनले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको बताए । 

पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राखे ।

उनले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राखे । उनले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ