arrow

कनकमुनीले कब्जा गर्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७८ चैत १० बिहिबार
276316598_349474147111361_8316166409217114824_n.jpg

कपिलवस्तु । लगातार चौथो वर्ष पनि प्रथम हुँदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शिल्ड जितेको छ । लगातार ३ पटक कप जितेर कनकमुनीले शिल्ड नै कब्जा गरेको छ । १७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो । जितसँगै कनकमुनीले १२ हजार नगर र शिल्ड प्राप्त गरेको हो ।

यस्तै ३ स्वर्ण, ७ रजत र १ कास्य जित्दै तौलेश्वरनाथ संस्कृत मावि दोश्रो र २ स्वर्ण, २ रजत र १ एक कास्य पदक जित्दै रत्नराज्य उमावि तेश्रो भएको छ । संस्कृतले ८ हजार र रत्नराज्यले ६ हजार नगद प्राप्त गरेको थियो । 

५ स्वर्ण जितेको कनकमुनीका सुदीप थारु र ४ स्वर्ण जितेकी कनकुमनी कै मनिषा केसी उत्कृष्ठ खेलाडी घोषित भएका थिए । विजेता टोलीलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह र उप मेयर लक्ष्मी साउ ग्प्ताले पर्ुस्कार र प्रमाण पत्र वितरण गरेको थिए ।

सो अवसरमा महामन्त्री आचार्यले खेल र खेलाडीतर्फ सरकारले लगानी बढाउँदै जानु पर्ने बताए । उनले खेलाडीहरुले देशको इज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाई प्रोत्साही गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए । 

सो अवसरमा मेयर सिंहले कपिलवस्तु नगरपालिकाले खेल र खेलाडीको विकासकालागि सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रकालागि लागनी बढाउँदै लाने उनले बताए । 

कार्यक्रममा उपमेयर गुप्ता कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, वरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए ।



नयाँ