arrow

निर्माण नसकिँदै पोखरा विमानस्थल उद्घाटनको हतारोमा चिनियाँ विदेश मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
pokhara-airport (2).jpg
फाइल तस्बिर

काठमाडौँ। निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत मात्र सकिएको छ। अझै ७ प्रतिशत काम बाँकी छ। तर, निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले भने काम बाँकी हुँदै पूर्वाधार हस्तान्तरण गर्ने तयारी गरिएको छ। यो हतारोलाई केपी ओलीले गरेको धरहरा उद्घाटनसँग जोडेर समेत हेरिएको छ।

चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका बेला निर्माण पूरा नभएकै अवस्था हस्तान्तरणको तयारी थालिएको हो। रनवेदेखि ट्याक्सी वे, टर्मिनल भवन सहित अधिकांश संरचना निर्माण भैसकेको छ। गएको जुलाई १० मै काम सकेर हस्तान्तरण गर्ने भनिएको चिनियाँ कम्पनीले कोरोना कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको थियो।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार शनिवार उद्घाटन गर्ने कुरा फाइनल हो। तर त्यसको मोडालिटी बारे औपचारिक जानकारी नभएको उनले बताए। उनले भने, ‘पूर्वाधार हस्तान्तरणबारे केन्द्रमा छलफल भएको होला। यहाँ केही खबर छैन।’ बनिसकेका पूर्वाधार हस्तान्तरण गर्दा खासै असर नपर्ने उनले सुनाए।

चिनियाँ विदेश मन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँबाटै भर्चुअल माध्यममा सम्बोधन गर्ने र पोखरा विमानस्थलको संयुक्त उद्घाटन गर्ने बताइएको छ। चिनियाँ विदेश मन्त्री शुक्रवारदेखि १३ गतेसम्म नेपाल भ्रमणका लागि आउन लागेका हुन्।

पहिलो पटक प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले २०७३ सालमा विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। तर आवश्यक तयारी नपुगेको भन्दै १ वर्षसम्म काम सुरु हुन पाएन। चीनको सिएएमसीईले निर्माणको जिम्मा पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ