arrow

दूधपोखरीका एमालेसहितका चार दर्जन कम्युनिष्ट कार्यकर्ता कांग्रेसमा, चुनाव जिताउने कसम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १२ शनिबार
277116486_378219984156467_6288790292890069409_n.jpg

काठमाडौं । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर १ दूधपोखरीका नेकपा एमाले सहितका विभिन्न कम्युनिष्ट पार्टीमा क्रियाशील रहेका चार दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

शनिबार दिउँसो नेपाली कांग्रेस सैलुङ वडा नम्बर १ दूधपोखरी काठमाडौं सम्पर्क समिति गठन तथा अन्तरक्रिया कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा पार्टी प्रवेश गराएका हुन् । 

पार्टीमा उचित स्थान दिने भन्दै नवप्रवेशीहरुलाई खादा, माला र अवीर लगाएर स्वागत गरिएको हो । 

नवप्रवेशीहरुले लामो समयदेखि गढको रुपमा रहेको कम्युनिष्टको पञ्जाबाट सधैका लागि मुक्त गराउन कांग्रेसलाई जिताएर लोकतान्त्रिक दोलखा बनाउने कसम खाएका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा प्रयास मोक्तान, सिंगलाल घिसिङ, राजकुमार घिसिङ, प्रतिक घिसिङ लगायतका युवाहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ