arrow

नेपालमै पहिलो पटक एग्रो फार्मले ५ लाख कित्ता साधारण शेयर जारी गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
agro-share.PNG

काठमाडौं ।  बुद्धनगर एग्रो फार्म लिमिटेडले एक सय अङ्कित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । आइपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको पहिलो कम्पनी हो । 

साधारण शेयर सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ ।

 बुटवल ११, मिलन चोक, रुपन्देही, नेपालमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्म लिमिटेडले रु.१०० अङ्कित दरका ५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरू सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्नेछ ।

एनआईसी एसिया क्यापिटलको बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने छ । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ