arrow

उड्ने क्रममा बिजुलीको पोलसँग ठोक्कियो विमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १४ सोमबार
spicejet.jpg

काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना हुनबाट जोगिएको छ ।

सोमबार स्पाइसजेटको विमान दिल्ली एयरपोर्टमा उड्ने क्रममा धावनमार्ग नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । यसमा कुनै मानवीय क्षति भने भएको छैन ।

स्पाइसजेटको विमान श्रीनगर (जम्मु कश्मीर) जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा विमानमा सवार सबै यात्रु सकुशल छन् । घटनापछि यात्रुहरूलाई अर्को विमानबाट पठाइएको थियो। 

घटना सोमबार बिहान करिब १० बजेको हो । घटनाबारे अनुसन्धान थालिएको विमानस्थल अधिकारीले बताएका छन्।

यसअघि पनि दिल्ली एयरपोर्टबाट अमृतसर (पन्जाब) जाँदै गरेको एयर भिस्ताराको विमानलाई आपत्कालीन अवतरण गर्नुपरेको थियो ।   

पन्जाब जाँदै गरेको एयर भिस्तारा विमानको हाइड्रोलिक ब्रेक काम नगरेको कारण दिल्ली एयरपोर्टमा आपत्कालीन अवतरण गर्नुपरेको थियो ।  

उक्त समयमा जहाजमा १४६ यात्रु सवार थिए । त्यसपछि सबै यात्रुहरूलाई अर्को विमानबाट अमृतसर पठाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ