arrow

कांग्रेसको सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियान जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
congress-bistar.PNG

धरान । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत फागुन १ गतेदेखि वडा वडामा सञ्चालन गर्दै आएको पार्टी सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियान धरानको वडा नं. ४, ५ र ११ मा पनि सम्पन्न भएको छ ।

यस अघि सुनसरी क्षेत्र नं. १, अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट शुरुवात भएको अभियान वराहक्षेत्र नगरपालिकाको वडा नं. ३, ४ र ५ तथा धरान उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, १४, १५, १६, १७, १८, १९ र २० मा सम्पन्न भइसकेको छ । 

कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी सङ्गठनको सशक्तीकरण र सुदृढीकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण ल्याउन र सङ्गठन विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले अभियान वडागतरुपमा सञ्चालन गरिएको बताए । उनले सङ्गठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जबाफदेही र उत्तरदायी बनाउँदै जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाई सङ्गठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको बताए ।

महासमिति सदस्य सुवास राईले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अगुवाइमा हुँदै आएको २१ बुँदे पार्टी सशक्तीकरण र सुदृढीकरण अभियानलाई अक्षरशः पालना र कार्यान्वयन गरिएमा साँच्चीकै सङ्गठन मजबुत हुने बताउँदै अभियानलाई निरन्तरता दिनुपर्ने बताए । उनले सभापति तामाङले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई भुलेर सबैलाई समेटेर र आफुले त्याग समेत गरेर महासमिति सदस्य चयन गरेको र क्षेत्रीय समितिमा सदस्यहरू मनोनीत गरेको भन्दै प्रशंसा समेत गरे । यस पटक सबै वडा र नगरमा निर्वाचन जित्ने गरी सक्रिय हुन वडाका अगुवा नेता कार्यकर्ताहरूलाई उनले आग्रह गरे । 

महासमिति सदस्य ममता तामाङले पार्टी अधिवेशनमा भएको प्रतिस्पर्धा आन्तरिक र स्वाभाविक भएको भन्दै अब सबै एक ढिक्का भएर लाग्नुपर्ने बताइन । क्षेत्रीय सचिव महेन्द्र प्रधानले हार्ने होइन जित्ने मनस्थिति लिएर उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताए । त्यसै गरी अर्का क्षेत्रीय सचिव केशव पुरीले कम्युनिष्टहरुको चरित्र नै ढाँट र छलको हुने भन्दै जनतालाई उनीहरूको षडयन्त्रमा पर्न नदिन हाम्रो सङ्गठन सक्षम हुनुपर्ने बताए । 

प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेता तथा कार्यकर्ताहरूको आचरण र चरित्र सामाजिक एवम् राजनीतिकका साथसाथै नैतिकवान् र अनुशासित हुनुपर्ने बताए । उनले विकास र समृद्धि नेपाली कांग्रेसले मात्र ल्याउने बताए ।

वडा नं. ४ मा क्षेत्रीय सदस्य दीपक लिम्बु, क्षेत्रीय सदस्य सम्राट् क्षेत्री, वडा सभापति तिलक राई, क्षेत्रीय प्रतिनिधि उमेश चाम्लिङ, क्षेत्रीय प्रतिनिधि सञ्जय वान्तावा, वडा सचिव गणेश बजगाईँले विचार राख्दै भौगोलिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासका हिसाबले ४ नं. वडा अन्य वडा भन्दा कमजोर रहेकाले पार्टीले सोही अनुसारको नीति र कार्यक्रम अख्तियार गर्नुपर्ने बताए । उनीहरूले क्षेत्रीय समितिले ल्याएको अभियानले आत्मबल बढेको भन्दै माथिबाट निर्देशन मात्र नभई सबै खाले आवश्यक सहयोग र समन्वय गर्न समेत आग्रह गरे । 

वडा नं. ११ मा प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का कोषाध्यक्ष हरि थापा, नगर कोषाध्यक्ष पञ्चकला राई, वडा सभापति लोकेन्द्र फागो, नगर सल्लाहकार एवम् वरिष्ठ वडा सदस्य अरुण कटवाल, क्षेत्रीय प्रतिनिधि प्रेमचन्द्र राई, वडा सदस्य हर्कराज राईले क्षेत्रीय समितिको सङ्गठन सशक्तीकरण र सुदृढीकरणको अभियान समय सापेक्ष र सान्दर्भिक भएको र यसले वडा वडाका जागरण र एकता ल्याएको भन्दै खानेपानी समस्या समाधान गर्नुपर्ने, एमसीसी माथि भएको भ्रम चिर्नुपर्ने, सहमति र सहकार्य गरेर पार्टी सञ्चालन गर्नुपर्ने, प्रतिबद्धता र सहमतिबाट पछि हट्न नहुने, गुट उपगुटको राजनीति अन्त्य हुनुपर्ने, नियमित प्रशिक्षण गर्नुपर्ने, महिला सहभागितालाई प्राथमिकता दिनुपर्ने लगायतको विचार व्यक्त गरे ।

वडा नं. ५ मा नगर उपसभापति तथा ५ नं. वडा अध्यक्ष सन्तोष लिम्बुले क्षेत्रीय नेतृत्वले पार्टी सशक्तीकरण कार्यक्रम लिएर वडा वडामा आएकोमा खुशी व्यक्त गर्दै ५ नं. वडामा नेपाली कांग्रेसवाट आफू लगायतका साथीहरू निर्वाचित भएपछि सिमित श्रोत र साधनका बाबजुद विकासमा ठ्लो फड्को मारेको बताए । वडाको पूर्ण विकास र समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नभएको भन्द्र आगामी निर्वाचनमा पनि सहयोग गर्न आग्रह गरे । 

वडा सभापति कुमार देवानले वडा कार्यसमितिले १४औं महाधिवेशन पश्चात् गरेका कार्यहरूको प्रतिवेदन बुझाउँदै यस्ता कार्यक्रमहरु भइरहनुपर्ने बताए । रमाइलो टोल समिति सभापति राजकुमार लिम्बु र सदस्य चन्द्र योङहाङले टोलवासीहरूले खानेपानी र बाटोघाटोको समस्या झेलिरहेको बताए । उनीहरूले यस टोलमा धेरै वर्षपछि रमाइलो मार्गमा बिजुली बत्ती आएको र डे«न बनेको बताउँदै अब कालोपत्रे गरिनुपर्ने र पर्याप्त शुद्ध खानेपानीको व्यवस्था गरिनुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ