arrow

कम भिजिबिलिटीका कारण त्रिभुवन विमानस्थलमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
Tia-Runway-airport_1617869491.jpg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन् । 

सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । 

मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने उहाँको भनाइ छ । भिजिबिलिटी कम हुँदा सोमबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरणहरू प्रभावित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ