arrow

मेडिकल व्यवसायी प्रसाईँ तरकारीतिर, दुई अर्बको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
durga-prasai.jpg
तस्बिर– फाइल

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । 

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन । सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । 

बजारमा दुई हजार २०० कक्ष रहेका छन् । चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उनले भने । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ