arrow

नेपाल ११५ रनको सामान्य लक्ष्य पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
FPEAN9LakAIgO_Z.jpg

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेटमा मलेसियालाई जित्नका लागि नेपालले ११५ रनको सामान्य लक्ष्य पछ्याइरहेको छ । टीयूस्थिति कीर्तिपुर मैदानमा मलेसियाले शुरुआत आक्रामक गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा ८ विकेटको क्षतिमा ११४ रनमा समेटियो । 

सबैभन्दा आक्रामक देखिएका जुबाइदि जुल्किफ्लेले १५ बलमा ३२ रन बनाएर आउट भए ।  कप्तान अहमद फैजले ३८ बलमा २४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । 

अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । जवाफमा नेपालले पनि राम्रो शुरुआत गर्न सकेन । १ रन जोड्दा नेपालले कुशल भुर्तेललाई व्यक्तिगत १ रनमा गुमायो । 

नेपालभन्दा कमजोर आँकिएको मलेसियालाई कमभन्दा कम रनमा रोक्न सके नेपालले लगातार दोस्रो खेल जित्नेछ । 

यो खेल जित्दा नेपालको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ । शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा  पपुवा न्युगिनी ९पीएनजी० लाई हराएको थियो । 

पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ । 
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो शुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।

नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ