arrow

नेपाल त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनल नजिक, मलेसियामाथि ६ विकेटको जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १६ बुधबार
aasif-sheikh-nepal.jpg

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० क्रिकेटको फाइनल नजिक पुगेको छ । लगातार दुई जितसहित नेपाल फाइनल नजिक पुगेको हो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसहित फाइनल नजिक पुगेको हो । 

११५ रनको सामान्य चुनौती पछ्याएको नेपालले १३.४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालका लागि प्लेयर अफ द म्याच आसिफ शेखले ३८ बलमा ५७ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २१ रन बनाए । 

डेब्यु खेलाडी दिलिप नाथले ७ बलमा अविजित रहँदै १५ रन बनाए । यसअघि मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै शुरुआत आक्रामक गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा ८ विकेटको क्षतिमा ११४ रनमा समेटियो । 

सबैभन्दा आक्रामक देखिएका जुबाइदि जुल्किफ्लेले १५ बलमा ३२ रन बनाएर आउट भए ।  कप्तान अहमद फैजले ३८ बलमा २४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए । 

अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । 

योसँगै नेपालले सात आपसी भिडन्तमा ६–१ को स्थिति बनाउन सफल भएको छ । 

यसअघि पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल फाइनल नजिक पुगेको हो । तीन देशबीच आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टिम उपाधिका लागि फाइनल खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ