arrow

वातावरण धुमिल, प्रदूषण अन्य शहरमा पनि, यस्तो हुनेछ समग्रमा मौसम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
weather-cloud.jpg

काठमाडौं । केही दिनदेखि नै मुलुकको मौसम धुमिल छ । वातावरण अचानक बिग्रिएको छ । प्रदूषण ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामात्र नभइ अन्य शहरहरुसमेत प्रदूषित भएका छन् । 

काठमाडौंमा बिहीबार बिहानको एयर क्वालिटी इन्डेक्स १४६ रहेको छ । जोडिएको कीर्तिपुरको एक्यूआई १३१ रहेको छ । सबैभन्दा प्रदूषित भने यो समयमा धनकुटा देखिएको छ । धनकुटाको हालको एक्यूआई १६३ रहेको छ । 

त्यस्तै विरेन्द्रनगरको १२०, नेपालगञ्जको १०३ तथा विराटनगरको एक्यूआई ७९ रहेको छ । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ को थोरै र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।



नयाँ