arrow

'युक्रेन घटना हामीलाई ठूलो पाठ हुनसक्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
baburam-kp-parti-phutyo.jpeg

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले युक्रेनको घटना नेपालका लागि ठुलो पाठ हुनसक्ने बताएका छन् । उनले राष्ट्रियताको प्रश्न अहम् नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ। भरत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनपर्छ । महाशक्तिहरूको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ ।' 

'मिडिया जगतले प्रधानता दिओस् । युक्रेनको घटना हामीलाई ठूलो पाठ हुनसक्छ। विश्व महाशक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । यही शताब्दीमा विश्वकै एक अग्रणी केन्द्र बन्न सक्छ। त्यसको लगि राष्ट्रिय समझदारी बनाउनपर्छ ।' 

आफूहरूले लोकतन्त्रलाई अझै ठिक ढङ्गले पूर्णता दिन नसकेको स्विकारे । उनले भने,‘दुई तिहाइ बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानुपर्छ। आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होइन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ