arrow

मूल्य नियन्त्रण गर्न भण्डारणबाट १८ करोड ब्यारेल तेल निकाल्दै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १७ बिहिबार
us-oil-reserves.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले आउँदा महिनामा रणनीतिक पेट्रोलियम भण्डारणबाट १८ करोड (१८० मिलियन)ब्यारेल तेल निकाल्ने भएको छ । सन् १९७४ मा भण्डारण बनाइएयता पहिलो पटक यति धेरै तेल निकाल्न थालिएको हो ।

रुस र युक्रेनबीचको युद्धले तेलको मूल्य आकासिएको छ । यसलाई नियन्त्रण गर्न अमेरिकाले भण्डारणबाट तेल निकाल्ने घोषणा गरेको हो । अमेरिकाले भण्डारणबाट तेल निकाल्ने भनेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ ।

मार्चमा ब्रेन्ट कच्चा तेलको मूल्य १३९ अमेरिकी डलरसम्म पुगेको थियो । साउदी अरेबियापछि रुस विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता हो । युद्धका कारण रुसी तेलको अभाव हुने चिन्ताले तेलको मूल्य बढ्दै गएका बेला अमेरिकाले यस्तो कदम चालेको हो ।

मार्च २५ को तथ्याङ्क अनुसार अमेरिकासँग ५६ करोड ८० लाख ब्यारेल तेल भण्डारणमा रहेको छ ।

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक अमेरिकाले दैनिक १ करोड ७७ लाख ब्यारेल तेल उत्पादन गरिरहेको भए पनि यसले वैश्विक मागलाई धान्न भने सक्दैन । यसैबीच अन्तर्राष्ट्रिय इनर्जी एजेन्सीले शुक्रवार आपत्कालीन बैठक बोलाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ