- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । धनुषामा एक वर्षमा २ सय १९ वटा लैङ्गिक हिंसाका घटना घटेको छ । ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले यस अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा बलात्कार, ३ वटा सामूहिक बलात्कार, ३ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुर्व्यवहारको घटना दर्ता भएका छन् ।
बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०२१ मा धनुषामा २ सय १९ वटा लैङ्गिक हिंसाको घटना दर्ता भएका हुन् । गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको ओरेक धनुषाको तथ्याङ्कले देखाएको छ ।
ओरेक नेपालले गत वर्ष ७४ जनालाई कानुनी परामर्श, कानुनी सहयोग ६१ जनालाई, स्वास्थ्य उपचार सेवा ५२ जनालाई, प्रसूति स्याहार ६ जनालाई, कपडा सहयोग ७२ जनालाई गरेका हुन् ।
प्रमुख बछारले २०२१ मा मानव बेचबिखनको ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता भएको जानकारी दिइन् । त्यस्तै अन्य प्रकृतिका २ वटा घटना दर्ता भएको छ।