arrow

मौसम अझै धुमिल, यस्तो हुनेछ शुक्रबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
weather-2022-evergreen.jpg

काठमाडौं । मौसम अझै सफा हुन सकेको छैन । वर्षा नहुँदा मौसम धुमिल नै रहेको छ । केही दिनदेखि खुला रुपले न त घाम लागेको छ न त पानी नै पर्न सकेको छ । 

प्रदूषणसमेत बढेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स निकै नै खस्केको छ । शुक्रबार बिहान १४२ एक्यूआई रहेको छ । काठमाडौंसँगै मुख्य शहरहरुमा प्रदूषण बढेको छ । 

सबैभन्दा बढी धनकुटामा १७३, वीरेन्द्रनगरमा १५८ र नेपालगञ्जमा १४५ एक्यूआई रहेको छ । हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

बिहान प्रदेश १, माधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

शनिबार प्रदेश १,बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार ओखलढुङ्गामा १०.२, ताप्लेजुङमा ३ तथा पोखरा र धनकुटामा समान ०.२ मिलिमिटर वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ