arrow

'कांग्रेसभित्र एकता नभएकै कारण धनुषामा हार बेहोर्नुपर्‍यो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
congress-dhanusaj.PNG

जनकपुरधाम। धनुषामा नेपाली कांग्रेसभित्र एकता नभएकै कारण विगतमा हार बेहोर्नु परेको कांग्रेस केन्द्रीय सदस्य मञ्जु खाँणले बताएकी छन् । 

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा कांग्रेसले घरघर जाऊँ कांग्रेस जिताऊ अभियानलाई उद्घाटन गर्दै खाँणले हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाब र गुट उपगुट रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरिन्।

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा कांग्रेसले घरघर जाऊँ कांग्रेस जिताऊ अभियान आरम्भ गरेको छ । बिहीबार जनकपुरधाममा एक औपचारिक कार्यक्रमको आयोजन गर्दै खाँणले आरम्भ गरेकी हुन् ।

 कार्यक्रममा अधिकांश वक्ताले महिलालाई स्थानीय तहको निर्वाचनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

उनीहरूले महिलालाई स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा टिकट दिएर चुप लागेर बस्नु पर्ने बाध्यताको अवस्था सृजना गरिएको भन्दै यसपालि महिलालाई स्थानीय तहको प्रमुख पदमा नेतृत्वदायी भूमिका दिनुपर्ने महिला नेतृहरूले जोडदार रूपमा आवाज उठाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ