arrow

रेल उद्घाटनका लागि जनकपुर आइन् मन्त्री यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १८ शुक्रबार
renu-jankpur.jpg

जनकपुरधाम । नेपाल रेल्वेको उद्घाटन कार्यक्रमका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव जनकपुर आइपुगेकी छन् । शनिवार हुने नेपाल रेल्वेको उद्घाटन कार्यक्रममा सहभागी हुन मन्त्री यादव शुक्रवार जनकपुरधाम आइपुगेकी हुन् । 

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने रेलको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी यसको गरी उद्घाटन गर्ने कार्यक्रम छ । 

 मन्त्री यादवले भारतको राजधानी दिल्लीबाटै नेपालको एक मात्र रेल्वेको उद्घाटन हुने जानकारी दिइन् । उनले नेपाल रेल्वेको उद्घाटन समेत प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मुख्य एजेन्डा रहेको बताइन् । दुवै देशका प्रधानमन्त्रीले शनिवार दिल्लीमा स्विच थिचेपछि रेल्वे विधिवत् यात्रु बोक्न थाल्ने मन्त्री यादवले जानकारी दिइन् ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा सुरु भएसँगै नेपालको रेल यातायाततर्फको अर्को यात्रा सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ