arrow

तालिबानद्वारा अफिमलगायतका लागूऔषध खेतीमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
fghanistan-afim-poppy-taliban-reuter.jpg

काठमाडौं । तालिवानले आइतबार विश्वको सबैभन्दा ठूलो अफिम उत्पादक अफगानिस्तानमा लागूऔषधको खेतीमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाको आदेश अनुसार सबै अफगानहरूलाई देशभरि अफिम खेती गर्न कडाइका साथ निषेध गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

'यदि कसैले आदेशको उल्लङ्घन गर्छ भने, बाली तुरुन्तै नष्ट गरिनेछ र उल्लङ्घन गर्नेलाई शरिया कानून अनुसार कारबाही गरिनेछ,' आन्तरिक मन्त्रालयले काबुलमा एक पत्रकार सम्मेलन गर्दै घोषणा गरेको छ ।

यसबाहेक तालिबानले जारी गरेको आदेश अनुसार अन्य लागूऔषधको उत्पादन, प्रयोग वा ओसारपसारमा पनि रोक लगाइएको छ ।

तालिबानले गत अगस्तमा अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय समुदायका मागमध्ये लागूऔषधको नियन्त्रण एउटा प्रमुख माग हो ।

तालिबानले सन् २००० मा आफ्नो अन्तिम शासनको अन्त्यतिर अन्तर्राष्ट्रिय वैधता खोज्ने क्रममा पनि अफिम उत्पादनमा प्रतिबन्ध लगाएको थियो ।

संयुक्त राष्ट्र संघका अनुसार सन् २०१७ मा अफगानिस्तानमा १.४ बिलियन डलर बराबरको अफिम उत्पादन भएको थियो । पछिल्लो समय यसको उत्पादन झनै बढेको बताइन्छ । यद्यपि, अहिले तालिबानले अफिम उत्पादनमा फेरि प्रतिबन्ध लगाएको हो ।



नयाँ