arrow

अष्ट्रेलियाको महिला टिमले जित्यो सातौं पटक विश्वकप क्रिकेटको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २० आइतबार
world-cup-cricket-final-australia-2022.jpg

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार न्यूजिल्याण्डको क्राइष्टचर्चमा भएको फाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै सर्वाधिक सफल टिम अष्ट्रेलिया च्याम्पियन बनेको हो । अष्ट्रेलियाले फाइनल खेल ७१ रनले जित्दै सातौं पटक विश्वकप जितेको हो ।

३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरम अलआउट हुँदै २ सय ८५ रन बनाउँदा अलआउट भयो । नाट सिभरले १ सय २१  बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय ४८ रनमा अविजित रहे पनि टिमलाई जिताउन सकिनन् । 

अष्ट्रेलियाको जितमा एलना किङ र जेस् जोनासेनले समान ३–३ तथा मेगन चुटले २ विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ५  विकेट गुमाएर ३ सय ५६ रन बनायो । प्लेयर अफ द फाइनल एलेस्या हेलीले १३८ बलमा १७० रन बनाइन् । 

यसअघि अष्ट्रेलियाले सन् १९७८, सन् १९८२, सन् १९८८, सन् १९९७, सन् २००५ र सन् २०१३ मा पनि विश्वकपको उपाधि जितेको थियो ।

प्लेयर अफ द फाइनल अष्ट्रेलियाकी हेलीले जम्मा ५०९ रन बनाइन् । उनी प्लेयर अफ द सिरिज पनि भएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ