- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १२ः३० बजे शुरु हुनेछ ।
दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी श्रृंखलामा अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपालले तेस्रो टिम मलेसियालाई र पीएनजीलाई दुवै खेलमा हराएको थियो । मलेसिया र पीएनजीले एक एक खेल जितेकामा रन रेटका आधारमा पीएनजीले उपाधिका लागि फाइनल खेल्ने अवसर पाएको हो ।
यसअघि भएको एक दिवसीय श्रृंखलाका दुवै खेलमा पराजित भएर घरेलु मैदानमै आईसीसी वरीयतासमेत घटाएको नेपालले आजको खेल जितेर टी–२० श्रृंखला जित्दै बदला लिन चाहन्छ ।
तर पीएनजी भने सरप्राइज जित निकाल्दै नेपाललाई फेरि पनि स्तब्ध पार्न चाहन्छ ।
कप्तान सन्दीप लामिछानेले टी–२० मा विभिन्न परीक्षण गरेकाले फाइनल खेल भने जित्नकै लागि खेल्ने बताएका छन् । उनले मिडियामा भनेका छन्, ‘ुअहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्ने छौं ।’