arrow

गायक राजु लामा सगरमाथा चढ्दै, कन्सर्ट गरेर कीर्तिमान राख्ने योजनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २१ सोमबार
raju-lama.PNG

काठमाडौं ।  मङ्गोलियन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक  लामा र अभिनेत्री  पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिदाइ गरेका छन् ।

गायक लामाले सगरमाथा आरोहणसहित छ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता साङ्गीतिक कार्यक्रमसमेत गर्ने बताए ।  उनले भने, “कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु, विश्वको सबैभन्दा उच्च स्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ ।”

उनी चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने र अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने कार्यक्रम तय भएको छ । जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले अभिनेत्री पुनले हिमाल आरोहण गर्न लागेको जानकारी दिइन् ।

मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झन्डा प्रदान गरेर बिदाइ तथा आरोहणको शुभकामना दिए । मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ