arrow

कोरियाली प्रायद्वीपमा तनाव : दक्षिणमा आणविक बम हान्ने उत्तरको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
kim-jong-un-missile.jpg

काठमाडौं । 'उत्तर कोरियाले युद्धको विरोध गर्दछ तर, यदि दक्षिण कोरियाले आक्रमण गर्‍यो भने आणविक हतियार प्रयोग गर्नेछ,' भन्दै किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले मङ्गलवार कडा चेतावनी दिएकी छन् । दक्षिण कोरियाका नयाँ कन्जरभेटिभ राष्ट्रपतिलाई लक्षित गर्दै उत्तरले यस्तो चेतावनी दिएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकार र सत्तारुढ दलकी उच्च अधिकारी रहेकी किम यो जोङले दक्षिण कोरियाका रक्षा मन्त्रीले उत्तर कोरियामाथि आक्रमणको बारेमा हालै गरेको टिप्पणी धेरै ठूलो गल्ती भएको बताएकी छन् ।

गत शुक्रवार दक्षिण कोरियाका रक्षामन्त्री सुह वुकले आफ्नो देशको सेनासँग ‘उत्तर कोरियाको कुनै पनि लक्ष्यलाई सही र छिट्टै प्रहार गर्न सक्ने क्षमताका साथमा दायरा, सटीकता र शक्तिका साथ उल्लेख्य सुधार गरिएको विभिन्न प्रकारका क्षेप्यास्त्रहरू रहेको बताएका थिए।

उत्तर कोरियाले यस वर्ष बढ्दो शक्तिशाली मिसाइलको परीक्षण गरेपछि दुवै कोरिया सैन्य शक्तिको प्रदर्शनमा छन् । खास गरी दक्षिण कोरियाले शक्तिशाली मिसाइल बनाउन थालेको चिन्ता वासिङ्टनलाई छ ।

किम जोङ उन र अर्का उत्तर कोरियाली अधिकारीले आइतबार सुहको टिप्पणीको निन्दा गर्दै यदि दक्षिणले कुनै खतरनाक सैन्य कारबाहीको कदम चाल्छ भने, प्योङयाङले सोलका प्रमुख क्षेत्रहरू नष्ट गर्ने चेतावनी दिएका छन् ।

उत्तरको यो चेतावनी दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलमाथि लक्षित भएको ठानिएको छ । युन सुक योल उत्तर कोरियाविरुद्ध कडा मानिन्छन् ।

दक्षिणका नवनिर्वाचित राष्ट्रपति यूनको टोलीको एक प्रतिनिधिमण्डलले यसै हप्ता वासिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेट गरेको थियो । अमेरिकी अधिकारीहरूले दक्षिण कोरिया पक्षमा आफूहरू रहेको प्रतिबद्धता दोहोर्‍याएका थिए ।

किम जोङ उनले जारी गरेको वक्तव्यमा उत्तर कोरियाले कुनै द्वन्द्व नचाहेको भन्दै द्वन्द्वले कोरियाली प्रायद्वीपमा नै सङ्कट निम्त्याउने टिप्पणी गरेका थिए । तर, नवनिर्वाचित राष्ट्रपति यूनले उत्तरमाथि आक्रमण गर्न खोजे दक्षिण कोरियालाई निशाना बनाउने किमले भनेका छन् ।

यदि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको सीमा क्षेत्र उल्लङ्घन गर्छ भने, दक्षिण कोरियाले 'कल्पना गर्न नसकेको भयानक प्रकोप' को सामना गर्नुपर्नेछ र उत्तरको आणविक लडाई बलले आफ्नो कर्तव्य पूरा गर्ने छ भन्दै किम जोङ उनकी बहिनीले पनि कडा चेतावनी दिएकी छन् ।

यस कारणले आणविक हतियारधारी राज्य (उत्तर कोरिया)मा पूर्वनिर्धारित आक्रमण सुरु गर्ने दिवास्वप्न त्यागेमा दक्षिण कोरिया त्यो प्रकोपबाट जोगिन सक्ने उनले बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ