arrow

खुम्जुङ्ग गाउँमा भारतको ४ करोड सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २२ मंगलबार
solupani.PNG

सोलुखुम्बु । नेपालको सोलुखुम्बु जिल्लामा फोहोर पानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले ४ करोड ११ लाख आर्थिक सहयोग गर्ने भएको छ । 

खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारत-नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको करिब ४ करोड ११ लाख आर्थिक सहयोगमा यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ ।

यस परियोजनाको निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरूको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाइको व्यवस्था गर्नेछ ।

नेपालका सातै वटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक संरचनाहरूको निर्माण जस्ता विविध क्षेत्रहरूमा सन् २००३ यता भारतले ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ भने ४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ । त्यसमध्ये सोलुखुम्बु जिल्लामा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजनाहरूलाई अघि बढाइएको छ ।



नयाँ