arrow

नेपालमा पहिलो पटक एक्रोविक टेबल टेनिसको शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २३ बुधबार
aerobic-table-tennis.JPG

काठमाडौं । नेपालमा पहिलो पटक एक्रोविक टेबल टेनिसको शुरुआत भएको छ । एप्रिल ६ अर्थात विश्व टेबल टेनिस डेको दिन आज नेपाल एपीएफ क्लबमा आयोजित कार्यक्रममा विविध कार्यक्रमकाबीच सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै औपचारिक शुरुआत गरेका हुन् ।

लण्डनस्थित एरोविक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितिमा एरोविक टेबल टेनिसका बारेमा जानकारी प्रदान गरेका थिए । स्टिभले एन्डिजकी संस्थापक अनिता महर्जनलाई एकेडेमीको नेपालमा औपचारिकताको प्रमाण पत्र प्रदान गरे । 

यस्तै एरोविक टेबल टेनिसका प्रमुख कार्यकारी स्टिभले नेपालस्थित एकेडेमीमा रहेका छात्र तथा छात्रालाई प्रशिक्षण प्रदान गर्ने र प्रशिक्षणमा उत्कृष्ट रहेका ३ छात्र तथा ३ छात्रालाई लण्डनस्थित एकेडेमीमा प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गर्नेछन् । 

यस्तै पूर्व सम्झौता अनुसार डीएचएसले प्रशिक्षणका लागि आवश्यक रोवोट र स्टेग ब्रान्डको टेबल टेनिस बोर्ड प्रायोजन गरेको छ । प्रशिक्षणमा उपयोगी रोवोट पहिलो पटक प्रयोगमा आएको एनिज पिङ्ग पङ्ग क्लबकी संस्थापक अनिता महर्जनले जानकारी गराइन् ।

अनिता एरोविक टेबल टेनिसकी ब्राण्ड एम्बेसडरसमेत हुन् । अनिताले एकल प्रयासमा सामाखुशीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरी बच्चाहरुलाई निःशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आइरहेकी छिन् ।

लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो ।

खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ ।

यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।



नयाँ