arrow

बिहारी प्रणालीले यस्तो हुनेछ देशभरको मौसमी अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
weather-2022-evergreen.jpg

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । 

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ को पहाडी भूभागका केही स्थान तथा बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना पनि छ ।

शुक्रबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना  छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ