arrow

जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष र उपाध्यक्ष नेपालमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
jesis-world.jpg

काठमाडौं । जेसीजका अन्तर्राष्ट्रिय अध्यक्ष आर्गेनिस एंगुलो र उपाध्यक्ष राखी जैन नेपालका अतिथि हुँदैछन् । अध्यक्ष एंगुलो आज आइसकेका छन् भने  उपाध्यक्ष जैन भोलि आउने कार्यक्रम छ । एंगुलो भेनेजुयलाका नागरिक र जैन भारतकी नागरिक हुन् । 

अन्तर्राष्ट्रिय अध्यक्षको सात वर्षपछि नेपाल भ्रमण हुन लागेको नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । एंगुलो यही चैत २७ सम्म नेपालमा रहने छन् । 

नेपालमा रहँदा उनले नेपाल जेसीजको वार्षिक कार्यक्रम अन्तर्गतको “नेस्नल काउन्सीलरर्स एकेडेमी”लगायतका जेसीजका कार्यक्रममा सहभागी हुनुका साथै प्रधानमन्त्री शेरबहादुर देउवा, अर्बपति तथा सांसद विनोद चौधरी, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल स्थित राष्ट्रसंघीय प्रतिनिधिहरू लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

१८ देखि ४० वर्षसम्मका युवाहरूको अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसीजको स्थापना नेपालमा २०२१ साल असोज २ गते भएको हो । अन्तर्राष्ट्रिय जेसीजको स्थापनाकालको ४९ वर्षपछि डा भेषबहादुर थापाको नेतृत्वमा नेपाल जेसीजको कार्यसमिति गठन गरिएको थियो ।
 
नेपालमा अहिले जेसीजका १७२ शाखा छन् भने विश्वका १२० भन्दा बढी देशमा सदस्य राष्ट्रिय कार्यसमिति रहेको छ । जेसीजको सबै कार्यसमितिको हरेक वर्ष नयाँ नेतृत्व चयन गरिन्छ भने एक व्यक्ति, एक पद, एक कार्यकाल मात्रै निर्वाचित हुन पाइने व्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ