arrow

संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
agni-sapkota2.jpg

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।  गृहजिल्ला सिन्धुपाल्चो पुगेका सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट निकास निस्कने गरेको उल्लेख गर्दै संसद्को विवाद पनि संवादबाटै समाधान हुने उल्लेख गरे ।

कोभिड-१९, राजनीतिक र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका कारण यसबीचमा आम नागरिकसँग प्रत्यक्ष जोडिन र विकास निर्माणमा ध्यान दिन नसकिएको उल्लेख गर्दै सभामुख सापकोटाले अब अवस्थामा केही सहजता आएको बताए । 
 
सभामुख सापकोटा जुगल गाउँपालिका-२ गोल्चे बगरस्थित वडाकार्यालय परिसरमा आयोजना गरिएको ‘जनतासँग सभामुख’ कार्यक्रममा समेत सहभागी भए। सो अवसरमा उनले जनताको भावनाको सधैँ सम्मान गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ