- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले ध्यानाकर्षण जनाएका छन् । अमेरिकाबाट आएको शङ्कास्पद ४० करोड बारे बोल्दै उनले वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्ने नीतिलाई कार्यान्वयन गर्न प्रतिबद्धता रहेको बताए ।
शर्माको ध्यानाकर्षणमा भनिएको छ,' पृथ्वी शाहले अमेरिकाबाट ल्याएको १२ लाख डलरको स्रोत खोज्दै भएको अनुसन्धानमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १७ माघ, ०७८ मा राष्ट्र बैङ्कलाई पत्र लेख्दै शाहले कसुर अपराध गरेको स्थापित हुने आधार नदेखिई बैङ्क खाताहरू रोक्का राख्नु नपर्ने देखिएको जनाएको थियो । विभागले ११ माघ, ०७८ मा शाहको नाममा रहेका बैङ्क खाताहरू फुकुवा गर्ने निर्णय गर्दै राष्ट्र बैङ्क र अन्य बैङ्कलाई पनि पत्राचार गरेको थियो । तर, विभागको पत्राचारअनुसार बैङ्क खाताहरू फुकुवा नभएपछि शाहले ११ चैतमा अर्थमन्त्री शर्मा समक्ष निवेदन दिनु भएको थियो ।'
'शाहले निवेदन र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विभिन्न पत्रसमेत पेश गरेको आधारमा उहाँलाई थप दुःख नदिई बैङ्क खाता फुकुवा गर्नुपर्ने र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्नुपर्ने निष्कर्षसहित अर्थमन्त्री शर्माले राष्ट्र बैङ्कलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार शाहको खाता फुकुवा गरिदिन अनुरोध गरेको बताउनुभयो ।'
‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको बैङ्क खाता फुकुवा गर्नु भनी दिएको निर्देशन कार्यान्वयन गर्नु भनेर राष्ट्र बैङ्कलाई अनुरोध गरी पठाएको हो’ मन्त्री शर्माले भने ।
विदेशबाट आएको लगानीलाई प्रोत्साहन गर्ने सरकारको नीति कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको पनि उनले बताए । वैदेशिक लगानीलाई सहजीकरण गरी थप लगानी भित्र्याउने वातावरण बनाउन उनले सबैलाई आग्रह पनि गरेका छन् ।
अनुसन्धानमा तानिएका शाहले न्यायका लागि अर्थमन्त्रीलाई अनुरोध गर्दा अप्ठ्यारो पार्ने गरी यो घटनामा जोडिएकोमा दुःख व्यक्त गरेका छन् । ‘मैले दुई वर्षदेखि न्यायका लागि धाइरहेको छु । यस क्रममा अर्थमन्त्रीले प्रचलित कानुनअनुसार गरेको सहयोगप्रति म आभार व्यक्त गर्दै उहाँलाई लगाइएको विभिन्न लाञ्छनाप्रति म खेद् व्यक्त गर्दछु’ शाहले भने ।