arrow

भारतले बढायाे हतियार उत्पादन, २१ हजार अर्ब खर्च गर्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
iindia-army-boost.PNG

काठमाडौं । भारतले हतियारमा आत्मनिर्भर हुने प्रयास स्वरुप भारतमै उत्पादन बढाउने घोषणा गरेको छ । रुसबाट आफ्नो झन्डै ६० प्रतिशत हतियार एवं सैन्य उपकरण आयात गर्दै आएको भारतले युक्रेनयुद्धका कारण आउन सक्ने अभावलाई ध्यानमा राख्दै आफैले उत्पादन बढाउने घोषणा गरेको हो ।

बिहीबार रक्षा मन्त्रालयले हेलिकप्टर, ट्यांक इन्जिन, क्षेप्यास्त्र र एयरबर्न अग्रिम चेतावनी प्रणाली सहितका सैन्य उपकरणको उत्पादन बढाउने बताएको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले बिहीबार स्वदेशमा उत्पादन गरिने र आयात नगरिने सैन्य उपकरणहरूको सूची जारी गर्दै भनेका छन्,'हाम्रो उद्देश्य भारतलाई रक्षा उत्पादन केन्द्रको रूपमा विकास गर्नु हो।'

यस्तै आगामी पाँच वर्षमा भारतले घरेलु राज्यद्वारा सञ्चालित र निजी रक्षा क्षेत्रमा २१,००० अर्ब भारतीय रुपैयाँ (२८ अर्ब डलर) खर्च गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम इन्डियाटाइम्सले भारतीय रक्षा मन्त्रालयको वेबसाइटमा आगामी पाँच वर्षका लागि २८ अर्ब डलर बराबरको सैन्य अर्डरहरू राख्ने सम्भावना रहेको जानएको हो ।

भूतपूर्व लेफ्टिनेन्ट जनरल डीएस हुड्डाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको गत वर्ष भारत भ्रमणका क्रममा दुवै पक्षले केही उत्पादनलाई भारतमा सार्न निर्णय गरेको बताएका छन्। 

उनले हेलिकप्टर, कर्भेट्स, ट्याङ्क इन्जिन, मिसाइल लगायतको आयात रोकिने बताए । 'रूसी सेनाको आवश्यकताहरू, यसले भोग्नुपरेको नोक्सानका कारण हामीलाई चाहिने केही स्पेयरहरूको उत्पादन सम्भवतः मोडिनेछ,' भारतीय सेनाका सेवानिवृत्त जनरल हुड्डाले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ