arrow

विरोधकाबीच टेलिकम प्रबन्ध निर्देशकमा पौडेल नै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
nepal-telecom-building.jpg
तस्बिर– फाइल

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । तीन जनाको सिफारिस भएकामा पौडेलले बाजी मारेका हुन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पौडेलसहित बुद्धि आचार्य र संगीता पहाडीको नाम सिफारिस गरेको थियो । पौडेलको नियुक्तिको विषयलाई लिएर टेलिकमका कर्मचारीहरुले विरोध गरिरहेका छन् ।

सरकारले त्यो विरोधको आवाज नसुनी पौडेललाई नियुक्त गरेको हो । 

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाका प्रिय पात्रका रूपमा चिनिएका पौडेल अनेकौँ अनियमितताका काण्डमा मुछिएका व्यक्ति हुन् । सञ्चार मन्त्रालयमा आफ्नो पकड बनाउन हरेक बेलाको नेतृत्वलाई रिझाउने पौडेलले अहिलेसमेत मन्त्रीसहित सबैतिर सेटिङ मिलाएको सञ्चार मन्त्रालयका एक अधिकारीले बताए । 

कर्मचारीहरुले एमडी नियुक्तिको प्रक्रियालाई लिएर नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा विरोध आन्दोलन गरेका थिए । टेलिकममा काम गरेको, कम्पनीबारे ज्ञान र अनुभव भएकै व्यक्तिलाई एमडी नियुक्त गर्नुपर्ने भन्दै विरोध गरिएको हो । 

नेपाल टेलिकमको एमडी नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका नै फेरेर राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक पौडेललाई एमडी बनाउन खोजेको भन्दै कर्मचारीहरुले विरोध थालेका थिए । तर उनीहरुको विरोधले काम गरेन । सरकारले पनि सुनेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ