arrow

'सेप अफ यु' कपीराइटको मुद्दा जितेपछि एड सिरनले अब सबै गीत लेख्दा भिडियो बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
ed-shreen.jpg

काठमाडौं । बेलायती गायक एडवर्ड क्रिस्टोफर सिरन (एड सिरन)ले सन् २०१७ को आफ्नो चर्चित गीत 'सेप अफ यु'लाई लिएर अदालतमा चलिरहेको प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा जितेका छन् ।

गायक सिरन, गीतकार जोनी म्याकडेड र निर्माता स्टिभ म्याककुचिएनले  ‘सेप अफ यु’ लाई सन् २०१५ को सामी चोक्रीको गीत ‘ओ ह्वाइ’बाट चोरी नगरेको भन्दै सिरनको पक्षमा बुधवार न्यायाधीशले फैसला सुनाएको हो ।

यससँगै सिरनले अब, आफ्ना हरेक गीत लेखनको क्रममा भिडियो बनाउने बताएका छन् । भविष्यमा यस्ता आरोपहरुबाट बच्न आफुले अब, गीत लेख्नेक्रममा फिल्म खिच्ने उनले बताएका हुन् ।

सन् २०१७ मा पनि ३१ वर्षीय सिरनले आफ्नो गीत फोटोग्राफको लागि  प्रतिलिपि अधिकार उल्लङ्घन मुद्दालाई २० मिलियन डलर खर्चेर सुल्झाएका थिए । आफुले गल्ती नगरेको र चोरी नगरेको बताउँदै उनले त्यतिबेला सुल्झाएको कुरालाई लिएर अहिले पछुतो भएको बताएका छन् ।

सिरनले पैसाका लागि नभएर इमानदारीका लागि प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा लडेको बताएका छन् । उनीमाथि निराधार चोरीको आरोप लगाउने सामी चोक्रीको गीत ‘ओ ह्वाइ’ले भने अहिले भ्युज कमाइरहेको छ ।



नयाँ