arrow

युक्रेनमा रुसी आक्रमण रोक्न लुम्बिनीमा दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
lumbini deep 2.jpg

काठमाडौं । युक्रेनमा रुसले गरेको युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दीप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवद्र्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउन र नदी जोगाउन समेत आह्वान गरिएको थियो । 

यसअघि पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दीप प्रज्वलन गरिएको थियो । २० जिल्लामा हिमालय बचाउँ आन्दोलन अन्तर्गत कार्यक्रमः गत चैत १७ गते गोरखाबाट शुरु भएको शान्ति समाजको हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेधः शान्ति विशेष र लागू औषध–मदिरा दुव्र्यसन विरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दीप प्रज्वलनसहित समापन भएको छ । 

यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, बागमती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरी २० जिल्लाका २२ स्थानमा दर्जनौँ सभा सम्पन्न भएको थियो । 

अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको सहभागिता थियो ।
अभियानका दौरान जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारण हिमालय क्षेत्रमा अनपेक्षित रुपमा तापक्रममा वृद्धि भई हिमाल नाङ्गीन थालेको र नदीको अत्यधिक दोहनका कारण थप खतरा उत्पन्न भएको हुँदा करोडौ जीवनको स्रोत हिमालय बचाउन र नदी जोगाउन ठोस इच्छाशक्ति नीति र योजना स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आवश्यक भएकोतर्फ ध्यानाकर्षण गराइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ