arrow

बारमा कांग्रेस निकट घिमिरेको गठबन्धन प्यानलै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २५ शुक्रबार
277898694_7496147120425240_4079876978621930889_n.png.png

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ । २५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धन निकट कानून व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो । 

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै पदमा गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएको हुन् । 

घिमिरेले चार हजार चार सय ७४ मत पाएर विजयी हुँदा अधिकारीले दुई हजार चार सय २२ मत ल्याएर पराजित भए । घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए । 

कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन् । 

अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ