arrow

औरहीकी उपप्रमुख जसपा छाडेर कांग्रेसमा प्रवेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २६ शनिबार
sita-yadav1111.jpg

सिराहा । सिराहाको औरही गाउँपालिकाकी उपप्रमुख सीता यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनी जनता समाजवादी पार्टी जसपा छाडेर कांग्रेसमा प्रवेश गरेकी हुन् । 

शनिबार भएको एक कार्यक्रमकाबीच कांग्रेस केन्द्रीय दिनेश यादव र जिल्ला सभापति रामचन्द्र यादवले माला ,अबिर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा जिल्ला सचिव शैलेन्द्र यादव, प्रदेश सभापति उपेन्द्र यादव, सहसचिव रामबाबु यादव गाउँपालिका प्रत्यासी सुभाष यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

नवप्रवेशी यादवलाई कांग्रेसबाट उपप्रमुखको टिकेट दिने आश्वासन दिएको एक नेताले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ