arrow

नेपालगञ्जको चौलिका चेकपोस्टबाट सशस्त्रद्वारा ब्राउन सुगरसहित एक जना पक्राउ 

logo
सौरभ गिरी, 
प्रकाशित २०७८ चैत २८ सोमबार
277975531_405091930977525_6072613918231967429_n.jpg

नेपालगञ्ज । सशस्त्र प्रहरीले नेपालगञ्जको चौलिका चेकपोस्टबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेबाट नेपालगञ्ज १६ स्थित चौलिका चेक पोस्टमा सशस्त्र प्रहरी नायब निरीक्षक खड्कबहादुर थापाको कमान्डमा खटिएको टोलीले ४ ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज ९ बस्ने २६ बर्षीय रमेश नेपाली  सार्कीलाई आइतबार साँँझ पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

भारतको रुपइडिहाबाट नेपालगञ्जतर्फ अटो रिक्सामा आउँदै गरेका रमेशलाई शंका लागि चेकजाँचका क्रममा  मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए । 

पक्राउ परेका रमेशलाई आबश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि जिल्ला प्रहरी बाँकेमा बुझाइएको बस्नेतले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ