arrow

नबिल एसएसईको सातै प्रदेशमा खुल्यो आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २४ बिहिबार
nabil-certification-course-2022.jpg

काठमाडौं । नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरशिप (नबिल एसएसई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको। सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएसई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र  कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरिएको हो । 

फेलोशिप कार्यक्रम भने यसअघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर  सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिएको बैंकले जनाएको छ । 

मानिसमा सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमले लक्ष्य रहेको जनाएको छ । 

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने बैंकको विश्वास छ । यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी नबिल बैंकले जनाएको छ । 

यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको जनाइएको छ ।  
आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले तोकिएको मापदण्डअनुसार यस कार्यक्रममा सहभागीताका लागि आवेदन दिन सक्ने छन् । 

आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनोट गरिने र छनोटमा परेका सहभागीहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धी विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यावहारिक ढंगले प्रशिक्षणमा सहभागी गराइने  बैंकले जनाएको छ । 

तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुने पनि बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ