- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनील झा पाँच लाख घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोे टोलीले पक्राउ गरेको हो ।
जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई नियन्त्रणमा लिएको हो । उनको साथबाट अख्तियार टोलीले पाँच लाख रुपैयाँ फेला पारेको हो ।
झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग उक्त मोटो रकम घुस लिएको जनाइएको छ ।