arrow

कांग्रेसलाई भरतपुरमा सकस, मेयर र उपमेयरका आकांक्षी नै ४९ जना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
nepali-congress-flag-tree00.jpg

भरतपुर । स्थानीय तहको निर्वाचन नजिकिँर्दै गर्दा दलहरुलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । अझ सत्ताधारी पाँच दलीय गठबन्धनबीच तालमेलले गर्दा कतिपय नेताहरु फालिने अवस्थामै पुगेका छन् । 

सत्ताधारी नेपाली कांग्रेस पनि उम्मेदवारलाई लिएर अहिलेदेखि नै तनावमा छ । त्यसमा पनि सर्वाधिक चर्चा बटुलेको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले कसलाई उम्मेदवार बनाउने टुंगो छैन । 

कांग्रेसको गढ भनिए पनि २०७४ सालमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई भोट हाल्न पुगेको थियो । यसपालि भने कांग्रेसले नछाड्ने अडान लिएको छ । 

तर प्रचण्ड भने अझै पनि छोरीलाई उम्मेदवार बनाएर जिताउने योजनामा छन् । अहिलेसम्म टुङ्गो लागि नसकेको यो क्षेत्रमा कांग्रेसका भने आकांक्षी धेरै छन् । कांग्रेसबाट मेयरमा २५ जनाले र उपमेयरमा २४ जनाले नाम दर्ता गराएका छन् ।

गत आइतबार र सोमबार आकांक्षीहरूलाई नाम दर्ता गर्न समय दिइएकामा दुई सिटमा गरेर ४९ जनाले नाम दर्ता गराएका हुन् । 

मेयर पदका लागि केन्द्रीय सदस्य दिनेश कोइराला, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी लगायत रहेका छन् । 

उपमेयर पदका लागि टंकनाथ पौडेल, सुरबिर पोख्रेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, गौरा खरेल अधिकारी लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्ण बहादुर गुरुङ, राजिब न्यौपाने, बिरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रबिभद्र शर्मा खनाल लगायतले नाम दर्ता गराएका छन् ।

विवरणसहित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ