arrow

गठबन्धन घनचक्करमा, प्रचण्डको भूमिका शंकास्पद देखिएपछि कांग्रेसले माधव नेपालको क्षेत्रमा समेत नसघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
prachanda-madhavs.jpg
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि चन्द्रपुर नगरपालिका रौतहट पनि सोही निर्णयमा पुगेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिका काँग्रेसका स्थानीय तहका नेता विपक्षमा उभिएको सार्वजनिक भइरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपालको गृह नगर रौतहट, चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको हो।

‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नागरिक नै काँग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने, ‘काँग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यकताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी काँग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौँ।’

उनका अनुसार सोही निर्णयबमोजिम चन्द्रपुरमा काँग्रेस एक्लै निर्वाचनमा जाने भनेर सोमबार उम्मेदवारको नाम दर्ता गराउन लगाउने काम सम्पन्न भइसकेको छ।

सोही निर्णय लगत्तै आंकाक्षी हरूलाई चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयरका लागि एक दर्जनभन्दा बढी आंकक्षी हरूले पार्टीभित्र उम्मेदवारी दर्तासमेत गराइसकेका छन्। उनका अनुसार गिरीसहित सूर्यबहादुर थापा, अधिकलाल चौधरी, जितेन्द्र चौधरी, अजयकुमार साह, सपुतबहादुर कार्की, केदार थापा, अनन्त कोइराला, रामचन्द्र चौधरी, रमेशहरि भट्टराई, सञ्जय काफ्ले, तारा सापकोटाले मेयरका लागि काँग्रेसको आन्तरिक कमिटीमा उम्मेदवारी दर्ता गराएको गौतमले जानकारी दिए।

नेकपा एसका अध्यक्ष नेपाल चन्द्रपुर–४ का बासिन्दासमेत हुन्। सोही क्षेत्रबाट २०५६ मा प्रतिनिधिसभामा विजयी भएका नेपाल २०६४ को संविधानसभामा भने नेकपा माओवादीका देवेन्द्र पट्टेलबाट पराजित भएका थिए। चन्द्रपुर–४ मा नेकपा एसका अध्यक्ष नेपालको निवास पनि छ।

उता, भरतपुर उपमहागरनगरपालिका कमिटीका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा काठमाडौँमा आई गठबन्धन नगर्न र काँग्रेसलाई एक्लै निर्वाचन होमाउनु पर्ने माग राख्दै डेलिगेसन आएर फर्के लगत्तै २८ चैतसम्म मेयरका लागि भरतपुर उपमहानगरपालिका लागि ३५ जनाले दाबी गरेका छन्।

सभापति अधिकारीका अनुसार २८ चैतसम्म महानगरपालिका समितिमा मेयरका लागि नाम दर्ता गराउनेहरू केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्व सांसद जगन्नाथ पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष दीर्घ मान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, सूर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले मनोनयन दर्ता गरिसकेका छन्। न्युज कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ