arrow

यी स्थानमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३० बुधबार
cloud-black-weather-monsoon.jpg
फाइल तस्बिर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली  रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ