arrow

मेष राशि हुनेहरुका लागि यस्तो हुनेछ समग्रमा वर्ष २०७९

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-mesh.jpg

मेष राशि हुनेहरूको लागि २०७९ साल सामान्य रहने छ । बृहस्पति मीन राशिमा रहने छ । मेष राशिको लागि १२ औं स्थानमा रहने छ । शनिको प्रभाव माघको २७ गतेसम्म कर्मस्थानमा रहनेछ । राहुको प्रभाव राशिलाई नै परिरहेको छ भने केतुको प्रभाव सप्तम स्थानमा छ । यी ४ कुराहरूलाई नै आधार मानेर राशिफल तयार गरिएको ज्योतीष जीवन पौडेल बताउँछन् । 

यो राशिको चिन्ह भेडा हो । मेष राशिले पूर्व दिशा जनाउँछ, यस राशिको स्वामी ‘मङ्गल’ हो । यसको तीन द्रेष्काणों (दश दश अंशको तीन सम भाग) को स्वामी क्रमशः मङ्गल–मङ्गल, मङ्गल–सूर्य, और मङ्गल–गुरु हुन् । मेष राशि भित्र अश्विनी नक्षत्रका चारै चरण र कककत्तिकाको प्रथम चरण समावेश हुन्छ । प्रत्येक चरण ३.२० डिग्री अंशको हुन्छ, जुन नवांशको एक पदको बराबर हुन्छ । 

यसैगरी अध्ययन अध्यापन क्षेत्रमा परिश्रमले सफलता मिल्नेछ । सन्तानाभिलाषीहरूलाई सन्तान प्राप्ति हुनेछ भने कतिपयलाई भइरेका सन्तानबाट सुख एवं सन्तोष मिल्ने छ । 

उद्योग व्यवसाय आदिमा प्रगति भइ राम्रो लाभ हातपार्न सकिने छ । रोजगारीको खोजीमा रहेकाहरूलाई नोकरी मिल्नेछ भने अल्लि मेहनत बढाउनाले जागिरेहरूलाई पदोन्नति हुनसक्ने छ । 

राजनीति, समाजसेवा लगायतका विशेष उद्यम कार्यमा सफलताको लागि भने अन्तमा बताइने ग्रहउपचारका उपायहरू अवलम्बन गर्नु तपाईका लागि बुद्धिमानी हुनेछ । 

शिक्षादीक्षाको क्षेत्रमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । तर उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । विदेशमा पढ्ने बाटो खुल्नेछ । 

प्रेम र प्रणय भावको क्षेत्रमा समय राम्रो रहनेछ । अनावश्यक र फाल्तु विषयमा धन खर्च हुनाले तनावमा वृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन र भोगविलासको क्षेत्रमा धनको प्रवाह बढ्नेछ । तर धनागमको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो रहनेछ ।

कुनै पुरानो रोग छ भने त्यसबाट मुक्ति पाउन सक्नुहुन्छ । विलासिताका सामग्री र अन्य वस्तुहरू खरिद गर्नाले खर्च बढ्न सक्छ । तर घरायसी र पारिवारिक वातावरण सुखद हुनेछ । 

आठौं भावमा बुधादित्य योग रहेकाले वैदेशिक क्षेत्रबाट लाभ पाइने आशा गर्न सकिन्छ । यो महिना तपाईले सूर्य ग्रहको शान्तिका निमित्त केसरी वा रातो टीका लगाउँदा, सूर्य गायत्री, आदित्य हृदय स्तोत्रको पाठ गर्दा, सूर्य कवचको पाठ गर्दा र भगवान् विष्णुको नियमित पूजा आराधना गर्दा दुष्प्रभावहरू नष्ट हुनेछन् ।

मेष राशि हुनेहरूका लागि २०७९ साल मध्यम रहनेछ । पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ । तर शनि, बृहस्पति, राहु तथा केतुले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउन सक्छ । शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ । 

तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । माघ महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रासमेत हुनेछ ।

यस्तै यो वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाइने छैन । 

आर्थिक दृष्टिले असार, असोज र माघ महिना शुभ रहनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिने छन् । सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

अध्ययन अध्यापनमा सामान्य नै रहनेछ, तर शनि बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गाह्रो पर्नेछ । 

व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । 

पढाइको शिलशिलामा विदेश जानेले भने राम्रो सफलता पाउने छन् । यसपालि नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । 

वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बडुवाको सम्भावना पनि प्रबल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । यस्तै, चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । 

मानसिक, टाउको तथा ग्यास्ट्राइटिस रोगले सताउन सक्छ । र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । 

रातो, गुलाबी, पहेँलो, पर्पल र हरियो शुभ रङ्ग हो । १, ३, ५, ७ र ९ शुभ अङ्क हो । प्रत्येक बिहीबार या एकादशीको दिन विष्णु भगवानको, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । 

प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
 



नयाँ