arrow

यस्तो हुनेछ नयाँ वर्षको पहिलो दिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग : आज मिति २०७९ वैशाख १ गते बिहीबार, इस्वीसंवत अप्रिल १४ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको त्रयोदशी तिथि रहनेछ । आज नक्षत्रमा उत्तराफाल्गुनी, विष्कुम्भादि योगमा वृद्धि, करणमा कौलव र आनन्दादि योगमा गद रहनेछ । सूर्य मीन राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५१ पला अर्थात १२ घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४४ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२७ बजे हुनेछ । आज नेपाली नयाँ वर्ष ।

आजको राशिफल :

मेष : मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिए पनि आम्दानी न्यून हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसंग सामान्य कुरामा नै ठूलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । पढाई लेखाईमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासंग टाढिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहँदा नचाहँदै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुस हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषि तथा सहकारी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग रहेको छ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमूलक कामहरू समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिनेहरूले प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरू गर्न सकिनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसंग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेको छ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय पनि अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोश जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाज सेवामा जनताको काम गर्न हर कोसिस गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरूको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेको छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय राम्रो छ । राजनीति तथा समाज सेवामा समय दिनेहरूले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्य रुपैयाँ पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरू समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरूलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरू सक्रिह हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानि नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसंग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविस्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्न योग रहेकोछ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पति पत्नीबिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरू बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरू धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापारमा लगानि गरि मनग्य आम्दानी गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउँन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

साइत :
बिहान ०५ः५३ बजेदेखि ०७ः२७ बजेसम्म शुभ बेला,

बिहान ०७ः२७ बजेदेखि ०९ः०० बजेसम्म रोग बेला,

बिहान ०९ः०० बजेदेखि १०ः३४ बजेसम्म उद्धेग बेला,

बिहान १०ः३४ बजेदेखि १२ः०७ बजेसम्म चर बेला,

बिहान १२ः०७ बजेदेखि १ः४१ बजेसम्म लाभ बेला,

दिनमा १ः४१ बजेदेखि ३ः१४ बजेसम्म अमृत बेला,

दिनमा ३ः१४ बजेदेखि ४ः४७ बजेसम्म काल बेला,

दिउँसो ४ः४७ बजेदेखि ६ः२१ बजेसम्म शुभ बेला,

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय :
दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट :
यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ