arrow

यो वर्ष उद्योगधन्दा फस्टाउने मिथुनको योग, के के हुनेछ वर्षभर ? 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-mithun-gemini.jpg

मिथुन राशिको लागि २०७९ सालको माघसम्म अढैया शनिको विपरीत असर छ । तथापि वर्षको पूर्वार्धमा संघर्ष एवं स्वास्थ्यमा विभिन्न सिकायतको बाबजुत व्यापार व्यवसायबाट राम्रो लाभ हात पार्न सकिने छ । भने उद्योगधन्दा फस्टाउने छ । जागिरमा पदोन्नति हुनेछ । 

रोजगारीको खोजिमा रहेकाहरूलाई नोकरी मिल्ने छ । केही समस्याको बाजुत सन्तानाभिलाषीका लागि सन्तानको प्राप्ति हुनेछ । विवाह योग्य युवायुवतीको लागि लगनगाँठो कसिन सक्नेछ । प्रेमसम्बन्धमा पनि मधुरता बढ्ने छ । 

वैदेशिक अध्ययन तथा अन्य वैदेशिक यात्राको पर्खाइमा रहनेहरूको लागि पनि यो वर्ष अनुकूल यात्राप्रद रहने छ । यो वर्ष तपाईको पूण्यको फल उदाउने हुनाले घरपरिवारमा धार्मिक आध्यात्मिक एवं माङ्गलिक कार्य सम्पादन गर्न सकिने छ । तीर्थाटनको अवसर पनि मिल्ने छ । 

आत्मज्ञानको खोजीमा रहेका मुमुक्षुहरूको लागि ब्रह्मज्ञानी गुरुजनबाट दीक्षित हुने सौभाग्य मिल्ने छ । सामाजिक प्रतिष्ठा पनि बढेर जानेछ । कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिने छ । तपाईलाई यो वर्ष घरघडेरी तथा जग्गाजमिन एवं वरवाहन जोडाउन मद्दत पुर्याउने ग्रहगोचर परिषद्को राय देखिन्छ । 

पशु चौपायाबाट पनि लाभ हात पार्न सकिने छ । कलासङ्गीत क्षेत्रका व्यक्तिहरूले पनि यो वर्ष राम्रो प्रख्याति बटुल्न सक्नु हुनेछ ।

यस्तै राम्रो धनार्जनको साथमा प्रदेशी घर फर्कन पाइने छ । स्वास्थ्यमा अझै पनि झिकझ्याक हुनसक्ने ग्रहगोचर छ । आहारविहार एवं दीर्घरोगीले औषधोपचारमा ख्याल पुर्याउनु नै उचित हुनेछ । 

वर्षको मध्यपछि सन्तानको पक्षमा ग्रहगोचरले त्यति अनुकूलता दिनसकिरहेको देखिँदैन । जसले गर्दा सन्तानको पक्षबाट केही असन्तोष व्यहोर्न पनि सक्ने छ । गर्भावस्थामा रहेका दम्पतिले विशेष ख्याल गर्नुपर्ने देखिन्छ । 

महादशा अन्तर्दशा योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । वर्षान्ततिर भइसकेको कारोबार उल्टिन सक्ने भय देखिन्छ । 

यद्यपि ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार पनि कारकत्त्व विचार पुर्याउन जरुरीे हुन्छ । र पनि राशिको आधारमा आफूलाई फाप्ने रङ्ग र नं जान्न चाहनुहुन्छ भने सामान्यतया मिथुन राशि हुने व्यक्तिहरूले हरियो, निलो, सेतो र कालो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ । 

यसवर्ष २, ३ र ७ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने ९ अङ्कको प्रयोग मध्यम रहनेछ । यो वर्ष मिथुन राशिका व्यक्तिहरूले महाकाल शनिमृत्युञ्जयको पाठको साथमा पवनपुत्र हनुमान र भैरवदेवको साथै वर्षको मध्यबाट माँ बगलामुखी एवं विद्यार्थीले माँ सरस्वतीको श्रद्धाभक्ति, जपपाठ, स्तुति गर्नु वा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले शनि र केतुको साथै वर्षको मध्यउपरान्त गुरु बृहस्पतिको शान्ति उपाय अवलम्बन गर्नु शुभकर हुनेछ । यसैगरी महादशा, अन्तर्दशा एवं योगिनीदशामा प्रतिकूल दशा चल्नेहरूले सम्बन्धित दशाको विशेष शान्तिका उपाय गर्नु बुद्धिमानी हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ