arrow

२०७९ सालमा यस्तो हुनेछ नेपालको राजनीति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
new-year-2079-hk.jpg

२०७९ सालमा मन्त्री गुरु, राजा शनि वर्षभर मंगलको नक्षत्रमा रहनेछन् । यस वर्ष राजा र मन्त्री देशका लागि वर्षलग्नमा राम्रो गर्ने हिसाबले बसेको हुँदा राज्य सञ्चालकहरुले उल्टो गरेर फस्ने र देशले काँचुली फेर्ने अवस्था आउन सक्नेछ । शनि र मंगलको नक्षत्र संयोगले देशलाई ऐतिहासिक सफलतामा उभ्याउने देखिन्छ । 

अझै भन्नुपर्दा नागारिक र वौद्धिक जगत एकसाथ हुने भएकाले विश्वमै प्रतिष्ठित देश नेपाल हुने योग छ । ज्येष्ठ महिनाको १७ गतेदेखि कार्तिक ३ गतेसम्म शनि वक्र भएर रहनेछन् । जसका कारण पश्चिमी मुलुकहरूमा प्राकृतिक र राजनीतिक समस्या संकट आउने ज्योतिष वैज्ञानिक देष्टिकोणमा छ । नेपालमा भने ऐतिहासिक समाधान निकाल्न मद्धत गर्ने देखिएको छ । यसैगरी सत्य, निष्ठा र ईमानलाई जगाउने छ । 

यसबर्ष राज्य सञ्चालनमा मन्त्रीको प्रभाव अधिक हुनेछ । वर्षको आरम्भमा अधिकार प्राप्तिका आवाज प्रशस्तै उठ्ने सम्भावना रहन्छन् । राजनीतिक दलहरुले धर्म र न्यायका निमित्त ठोस कार्यलाई अगाडि सार्नेछन् । 

राजनीतिलाई प्रतिबद्धताउन्मुख गराउन यसवर्ष बल पुग्नेछ । दिग्भ्रमित भइरहेका बुद्धिजीवि र जिम्मेवार व्यक्तिहरू बाध्य भई संगठित हुँदा छद्मभेषी, कलुषित, मानव विरोधी जमात विश्वभर तरङ्गित हुनेछन् ।

समग्रमा यसवर्ष राजनीति स्थिर बनाउने प्रयत्न अवश्य हुनेछ । अस्थिरता चाहनेहरूबाट द्वन्द्व गराउने सम्भावना देखिएपनि राजा सेवादायी, मन्त्री धर्म एवं न्यायिक भएकोले न्याय सेवा एकसाथ अघि बढ्ने हुँदा सत्य प्रकट हुने सम्भावना अधिक रहनेछ । 

ज्येष्ठ १७ गतेदेखि वक्र भएका शनि कार्तिक ३ गतेसम्म वक्र रहनेछन् । बर्षारम्भमा वर्ष लग्नको दशम र देशको राशिदेखि पञ्चम रहेका गुरु, श्रावण १२ गतेदेखि मार्ग १० सम्म वक्र हुनेछन् । शनि र गुरु दुवै बक्र भएको अवस्थामा राज्यसञ्चालकहरू उल्टो बाटो हिँडदा अनिष्ठ हुन सक्नेछ । 

यस्तो ग्रहस्थितिले विशेष गरी राजनीति, धर्म र न्याय क्षेत्रमा विचलन ल्याउन सक्छ । केही गरी सावधानी नअपनाए न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न खोज्छ । यो अवस्था जटिल हुने भएकाले सजग सचेत हुनु जरुरी छ, थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ ।

बर्षारम्भमा वर्ष लग्नदेखि नवम र देशको राशिबाट चतुर्थ रहने हुँदा महिला हिंसामा उद्धृत पुरुष महिला अधिकारमा अग्र महिलाहरूको द्वन्द बढ्न सक्ने देखिएको छ । 

यस्तै, दक्षिणको चलखेलले एकआपसमा विवाद बढाएर देशमा आन्तरिक विवाद सिर्जना गराउने सम्भावना पनि त्यत्तिकै रहन्छ । आआफ्नो स्वार्थले प्रेरित शक्तिहरूको चलखेलमा नेतृत्वले सहमति र सहकार्य गर्ने र त्यसैकारण जन आक्रोश बढ्न गई राष्ट्रिय संकट आउन सक्ने पनि देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ