arrow

कृषि कार्यबाट मनग्ये आम्दानी गर्न सक्ने योग परेको सिंहको यस्तो हुनेछ वर्ष २०७९

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ वैशाख १ बिहिबार
horoscope-singh-leo.jpg

सिंह राशिका व्यक्तिहरूको लागि २०७९ को साल वर्षको पहिलो खण्डमा कुनै ग्रहले साथ दिने त कुनै ग्रहले अवरोध पनि गर्ने भूमिकामा ग्रहहरू देखिएको हुनाले विशेष उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । 

विशेष उपायको साथमा अघि बढ्नाले विशेष उन्नति प्रगति गर्न सकिने छ । गोचरग्रहको सकारात्मक प्रभाव रहने हुनाले विद्यार्थीले पढाइमा बढी समय दिनु उचित हुनेछ । 

रोकिएर रहेको अध्ययनलाई पूरा गर्न सकिने छ । उद्यम व्यावसायमा उन्नति प्रगति हुन जाने छ । खेलकुद लगायत प्रतिस्पर्धाजन्य कार्यमा सफल भइने छ । यसैगरी राजनीति समाज सेवा आदिमा पनि सफलता मिल्ने छ । 

वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको लागि पनि समय अनुकूल रहने छ । विवाहयोग्य युवायुवतीको वैवाहिक सम्बन्ध जोडिने छ । विवाहितहरूको दाम्पत्य सम्बन्धमा माधुर्यता बढ्ने छ । 

घरपरिवारमा माङ्गलिक आदि धार्मिक सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रम सम्पादन हुन जाने छ । व्यापार व्यावसाय एवं उद्योगधन्दा फस्टाउने छ । कुनै विशेषखालको उद्यमको शुरुआत गर्न गराउन गोचरग्रहले सहया गरिरहेको छ । 

यसैगरी टाढिएका प्रेमीप्रेमिकाको मिलन हुनेछ । अवरोधक बनेका ग्रहको विशेष उपाय गरी अघि बढेको खण्डमा तपाईलाई यो समयमा दिग्विजय प्राप्त गर्ने योग बनेको छ । निकै विवेक पुर्याएर कर्मयोग गर्नुहोस् ।

गृह निर्माण गर्ने, जग्गाजमीन एवं वरवाहन तथा साधन जोड्ने जस्ता शुभफललाई गोचरपरिषद्ले साथ दिएको छ । वेरोजगारलाई जागिर मिल्नेछ भने जागिरेलाई पदोन्नति हुनेछ । सामाजिक प्रतिष्ठा एवं प्रख्याति बढेर जाने छ । 

पशुपालन तथा कृषि कर्मबाट लाभ हुनेछ । वर्षको मध्य–उपरान्त गोचर स्थिति अल्लि खस्किने देखिएको छ । केही विपरित फलको सामना गर्नुपर्ने छ । महादशा अन्तर्दशा योगिनी दशा आदिमा प्रतिकूल दशा चल्नेहरूलाई मातृपितृ एवं मान्यजनलाई पिर्नसक्ने देखिन्छ । आफ्नै स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न । 

छाती, हात, खुट्टा एवं ढाडकम्मर सम्बन्धी समस्या देखिन सक्ने छ । मधुमेह, उच्च रक्तचाप तथा हृदयरोग, यक्ष्मा जस्ता दीर्घरोगीलाई सास्ती बढ्न सक्ने भय देखिएकोले बढी नै सावधानी अपनाउनु पर्ला । 

दाजुभाइमा कष्ट तथा विवाद, पारिवारिक असमझदारी, कार्यक्षेत्रमा अवरोध, आलोचना, द्वन्द्व एवं कामकार्यमा विलम्बता जस्ता प्रतिकूल स्थितिको सृजना हुने तथा विपरित प्रभावको सामना गर्नपर्ने छ ।

सिंह राशि हुने व्यक्तिहरूले रातो, सेतो र पहेंलो रङ्गको प्रयोग अथवा वस्तुबाट फाइदा गर्न सक्नु हुने छ भने हरियो रङ्गको प्रयोग मध्यम रहने छ । यसैगरी १, ५ र ९ अङ्कको प्रयोग विशेष फापकर हुने छ भने २ र ६ अङ्कको प्रयोग मध्यम रहनेछ । ग्रहरत्न, रङ्ग र अङ्कको प्रयोग गर्दा जन्म कुण्डलीको लग्नानुसार कारकतत्वको पनि विचार पुर्याउन जरुरी भने हुनेछ । 

सिंह राशिका व्यक्तिहरूले यो वर्ष भरी भैरवदेवको र वर्षको मध्यपछि माँ बगलामुखीको साथमा पितृ एवं कुलदेवताको र वर्षान्ततिरबाट पवनपुत्र हनुमानजीको यसै गरी विद्यार्थीहरूले माँ सरस्वतीकोसेवा आराधना उपाशना गर्नु अथवा आफ्नो कुल धर्म संस्कृति अनुसार सात्त्विक तरिकाले राहु को वर्ष भरी नै, केतुको वर्षको मध्यसम्म र वर्षको मध्यपछि गुरु बृहस्पतिको साथै वर्षान्ततिरबाट शनि ग्रहको शान्तिका उपयुक्त उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ