arrow

हाम्राकुराका संस्थापक सम्पादक शिवाकोटीले पाए प्रवल जनसेवाश्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
ajayababu-shiwakoti-padak.jpg

काठमाडौं । हाम्राकुरा डट कमका संस्थापक सम्पादक अजयबाबु शिवाकोटी प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार बिहान राष्ट्रपति भवन शितल निवासमा प्रवल जनसेवाश्रीबाट सम्मान गरेकी हुन् । 

संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार शिवाकोटीले बिहीबार पदक लिएका हुन् । 

लामो समयदेखि निडर र निर्भिक भएर पत्रकारिता गरेका शिवाकोटीले उक्त सम्मानको घोषणाअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सम्मान पनि खाएका थिए ।

उनलाई विभिन्न संघसंस्थाले यसअघि नगदसहित सम्मान गरिसकेका छन् । शिवाकोटी हाल भने व्यवसायीक पत्रकारिताबाट टाढिएका छन् । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै व्यवसायिक पत्रकारिताबाट टाढिएको घोषणा गरेका हुन् ।

केन्द्रीय सदस्य भएसँगै उनले कांंग्रेस निकटको नेपाल प्रेस युनियनको महासचिव पद पनि त्यागेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ