arrow

चार दिनसम्म एउटै कोठामा बन्द रणवीर–आलिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १ बिहिबार
ranbir-alia1.jpg
तस्बिर– फाइल

काठमाडौ । बलिउड नायक–नायिका रणवीर कपूर र आलिया भट्टले बिहे गर्दैछन् । लामो समयको प्रेम सम्बन्धपछि दुवैले बिहे गर्न लागेका हुन् । 

सो कार्य धमाधम अगाडि बढिरहेको छ । उनीहरुको बिहे आज हुँदैछ । बिहेको कार्यक्रम जारी रहँदा उनीहरुले काममा दुई साताको ब्रेक लिने भएका छन् । 

बिहेको सम्पूर्ण रीति रिवाज पूरा गर्नका लागि उनीहरुले कामबाट ब्रेक लिने भएका हुन् । बिहेका क्रममा उनीहरु चार दिन एउटै कोठामा बन्द हुनेछन् । 

पंजाबी परम्पराअनुसार दुलहा दुलही चार दिनसम्म एउटै कोठामा बन्द हुनुपर्नेछ । । एक त्यस्तो पूजा हुनेछ जहाँ चौथो दिन नुहाएर सत्यनारायणको पूज ागर्न कोठामा बस्नुपर्छ । पूजापछि दुलाहाले दुलहीलाई रातो रंगको सिन्दूर लगाइदिएर जीवनभर साथ रहने वाचा गर्छन् । 

यस्तो लाग्छ कि रणवीर र आलिया आफ्नो संस्कृतिका सबै परम्परालाई पालना गर्नेछन् । 

विवाहका लागि निकै नै कडाइ गरिएको छ । त्यहाँ सहभागी हुन जानेहरु कोही पनि फोन लिएर जान पाउने छैनन् । बिहेको तयारी गर्नेहरुलाई क्यामेरा ब्लक गर्नुपर्ने हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ