arrow

नबिल बैंकद्वारा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
277614967_737160434079877_1582248936388840051_n.jpg

काठमाडौं । नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक लिमिटेड र संयुक्त राष्ट्र पूँजी विकास कोष यूएनसीडीएफको सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना शुरु गरिएको हो । 

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधानमार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ यो योजना शुरु गरिएको हो । शुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार रु २०० र प्रति दिन प्रति मर्चेन्ट अधिकतम रु ५०० सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०७९ बैशाख १ गतेदेखि लागू भएको पनि बैंकले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 
 
यस योजनामार्फत नबिल बैंकले ठूलो मात्रामा नयाँ महिला र युवा क्यूआर मर्चेन्टलाई बैकिङ्ग च्यानलमा भित्र्याउने, उनीहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरी दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको जनाएको छ । 

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा,  १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको भन्दै बैंक अगाडि लेख्छ, ‘बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् डिजिटल सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक डिजिटल बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ