arrow

सिन्दूर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २ शुक्रबार
sindur-jatra.jpg

भक्तपुर। भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौँ दिन शुक्रवार मध्यपुर थिमिमा सिन्दूर जात्रा मनाइएको छ। ३२ वटा खटसहितको सिन्दूर जात्रा मनाइने भए पनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ।

देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगर परिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ।

जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दूर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ।

सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ।

अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौँ मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सबै अविरले राताम्य भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ